विकिनी तस्विरमा खुलेकी सुन्दरी सुष्मालाई आजतकले ‘भोजपुरी हसिना’ भनेपछि... — OSNepal

विकिनी तस्विरमा खुलेकी सुन्दरी सुष्मालाई आजतकले ‘भोजपुरी हसिना’ भनेपछि…

LC (KTM) July 03, 2022 0

काठमाडौँ:

नायिका सुष्मा अधिकारी पछिल्ला दिनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय मिडियामा छाइरहेकी छिन् । बोल्ड एण्ड ब्युटी सुन्दरी सुष्मालाको सुन्दरताको तारिफ गर्दै भारतको चर्चित टेलिभिजन आजतकले भोजपुरी सिनेमा उद्योगकी ‘हसिना’को उपमा दिएर समाचार प्रकाशित गरेपछि उनको चर्चा थप चुलिएको हो ।

आजतकले सुन्दरताका कारण नेपालमा निकै चर्चा कमाएकी सुन्दरीले भारतमा समेत राम्रो ख्याती कमाइरहेको उल्लेख गरेको छ ।

समाचारमा ‘पडोसी मुल्क से आई कौन है भोजपुरी हसिना, कभी विकिनी तो कभी ड्रेस में ढाती हैं कहर’ भन्दै रिर्पोट प्रकाशित गरिएको छ । ‘नेपालकी यी नायिकालाई भोजपुरी सिनेमामा आफ्नो कलाकारिता देखाउने मौका मिलेपछि उनले भोजपुरी फ्यानहरुको मन जित्न सफल भएको समाचारमा जनाइएको छ ।

भाारतको चर्चित पत्रिका टाइम्स अफ इन्डियाले पनि उनको रातो पहिरनको चर्चा गर्दै केही समय अगाडी समाचार लेखेको थियो ।

सुष्माको सुन्दरताको चर्चा गर्दै टाइम्स अफ इन्डियाले रातो पहिरनमा सुष्मा झनै खुलेको भन्दै सुन्दर तस्विरमा उनको समाचार छापेको थियो । सुष्मा उक्त तस्विरमा विकिनीमा खुलेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर