बलिउड इन्डस्ट्रीकी ‘ड्रिम गर्ल’भनेर चिनिने र भाजपा सांसद हेमा मालिनी सधैं आफ्नो कुरा राख्न चिनिन्छिन्। हालै उनले एउटा यस्तो मुद्दाको बारेमा कुरा गरिन् जसलाई लिएर मुम्बई मात्र होइन, हरेक राज्यका जनता चिन्तित छन् । यस विषयमा कुरा गर्दै हेमा मालिनीले यही कारणले घरबाट बाहिर निस्कन डराएको बताइन् । वास्तवमा, हेमा मालिनीले आफ्नो हालैको एक अन्तर्वार्तामा मुम्बईको भत्किएको सडकको बारेमा खुलेर कुरा गरेकी छिन् ।
उनले आफ्नो अनुभव पनि सेयर गरेकी छिन् । यससँगै उनले मिरा रोडबाट जुहुको आफ्नो घर पुग्न कति समय लाग्ने बताएकी छन् । वास्तवमा मनसुन आइसकेको छ । यस्तो अवस्थामा पानी जम्ने समस्या हरेक राज्यमा देखिएको छ, जसमध्ये सबैभन्दा खराब अवस्था मुम्बईमा देखिएको छ, जहाँ पानी परेसँगै सडकहरू पानीले भरिन्छन् र यो समस्या यो वर्ष मात्रै होइन हरेक वर्ष झेल्नुपरेको छ । सडकमा खाल्डाखुल्डी रहेकाले ठाउँठाउँमा ट्राफिक जाम हुने गरेको छ ।
यस्तो अवस्थामा हेमा मालिनी एक रियालिटी शोको सुटिङ सकेर घर जान निस्किँदा ट्राफिकको सामना गर्नुपरेको थियो । यसबारे कुरा गर्दै उनले मिरा रोडबाट जुहु पुग्न दुई घण्टा लागेको बताईन् । एक न्युज पोर्टलसँग कुरा गर्दै अभिनेत्रीले भनिन्, ‘मुम्बईको सडकका यी खाल्डाहरूमा गर्भवती महिलाले यात्रा गर्छिन् भन्ने म कल्पना पनि गर्न सक्दिनँ । एक मुम्बईकरको रूपमा, म यो गुनासो गर्छुु।