अभिनवको अपमान कुनै पनि हालतमा सहने छैन्– अभिनेत्री रुबिना दिलाइक — OSNepal

अभिनवको अपमान कुनै पनि हालतमा सहने छैन्– अभिनेत्री रुबिना दिलाइक

LC (KTM) July 03, 2022 0

बिग बोस १४ मा रुबिना दिलाइकले आफ्नो वैवाहिक जीवनको बारेमा ठूलो खुलासा गरेकी छिन् । रुबिनाले आफू र अभिनव शुक्ला सम्बन्धविच्छेद गर्ने सोचमा रहेको बताइन् । त्यही भएर उनी आफ्नो विवाहलाई मौका दिन शोमा आएकि हुन् । रुबिनाको खुलासाले सबैलाई चकित बनाएको थियो । यो सँगै कतिपयले उनीहरुको सम्बन्धमा धेरै प्रश्न पनि उठाएका छन् ।

यसैबीच अब रुबिनाले एक अन्तर्वार्ताका क्रममा श्रीमान् विरुद्धको कुनै पनि गलत कुरा सहने नहुने स्पष्ट पारेकी छिन् । लेडी बोसले अभिनवको अपमान कुनै पनि हालतमा सहने छैन् । यदि कसैले यस्तो गर्न खोज्यो भने उसले रुबिनाको क्रोध र आक्रोश दुवैको सामना गर्नुपर्नेछ । अन्तर्वार्ताका क्रममा रुबिनाले नेशनल टिभीमा उनीहरुको सम्बन्धको बारेमा बताइदिने हो भने मानिसहरुले उनलाई राम्रो र नराम्रो भन्नेछन् भन्ने थाहा भएको बताइन्, किनभने उनीहरुको सम्बन्ध सबैले बुझ्नुपर्छ भन्ने छैन ।

उनीहरुको बिग्रिएको सम्बन्धको सत्यता थाहा पाएपछि धेरैले आफु र अभिनवबीच दरार ल्याउने प्रयास गरेको तर सफल हुन नसकेको अभिनेत्रीले बताइन् । तर, अब अभिनवको बारेमा कसैले केही भन्यो भने सिंहिनी रुबिनाले उनलाई छाड्ने छैनन् । चाहे त्यो जो सुकै होस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर