काठमाडौं । सन् २०१० की मिस नेपाल सदीक्षा श्रेष्ठ र प्रेमी राहुल मोक्तानबीच विवाह हुने भएको छ । यो जोडीले नेवारी परम्परा अनुसार पर्सी बिहे गर्न लागेका हुन् । बिहेमा आफन्त र निकट व्यक्तिलाई मात्र निम्ता गरिएको बताइएको छ ।
मंगलबार गैरीधाराको सिल्भर ओक पार्टी प्यालेसमा रिसेप्सन आयोजना गरिएको छ । नेवारी परम्पराअनुसार केटीले पहिले रिसेप्सन दिएपछि केटाले जन्ती लिएर आउने परम्परा छ । बल्ल त्यसपछि केटा पक्षले भोज दिने चलन छ । यो जोडी एक वर्षदेखी प्रेममा रहेका थिए ।
राहुलले काठमाडौंमै जिमखाना सञ्चालन गरिरहेका छन् । सदीक्षाले गत साता सम्पन्न डान्सिङ स्टार्स नेपालमा होस्टको रुपमा काम गरेकी थिइन् ।