काठमाडौं १९ असार । आरोही लालबहादुर जिरेलले नेकपा एकिकृत समाजावादी पार्टीको चुनाव चिन्ह कलमअंकित झण्डा किर्गिस्तानको लेनिन पिकमा फराउने भएका छन् ।
सगरमाथासहित नेपालका साना-ठूला हिमाल आरोहण गरिसकेका दोलखा निवासी जिरेललाई नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले सफलताको कामनासहित आलोकनगस्थित केन्द्रीय कार्यालयमा बिदाई गरेका छन् ।
जिरेलले पार्टीको झण्डा फराउने इच्छा व्यक्त गरेकाले झण्डा हस्तान्तरण गरिएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।
बिदाई कार्यक्रममा दोलखा पार्टी अध्यक्ष भिमप्रसाद दाहाल, प्रदेश कमिटी सदस्य रामबहादुर खड्का, युवा संघ उपमहासचिव अशोककुमार दाहाललगायतको सहभागिता रहेको थियो ।