ताकेश्वर नगरपालिकामा नेपाल ट्रेड युनियन कांग्रेस तारकेश्वर नगरसमिति गठन — OSNepal

ताकेश्वर नगरपालिकामा नेपाल ट्रेड युनियन कांग्रेस तारकेश्वर नगरसमिति गठन

LC (KTM) July 03, 2022 0

काठमाडौं १९ असार । नेपाली कांग्रेस निकट श्रमिकको छाता सङ्गठन नेपाल ट्रेड युनियन कांग्रेसको तारकेश्वर नगरसमिति गठन गरिएको छ ।
स्वगीय नेता गिरिजाप्रसाद कोइरालाको ९९औँ जन्मजयन्तीका कांग्रेसको तारकेश्वर नगरसमिति गठन गरिएको हो । कोइराला नेपाल ट्रेड युनियन कांग्रेसका संस्थापक नेता समेत हुन् ।

शनिवार साँझ नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँ शाखाको आयोजनामा तारकेश्वर नगरपालिकामा नगर समिति गठन गरिएको छ । नगरसमितिको अध्यक्षमा अच्युत ओझा, उपाध्यक्षमा मनोजकुमार तिमल्सिना र कोपिला देवकोटा, सचिवमा जगदीश्वर न्यौपाने, कोषाध्यक्षमा कविन्द्र रिमाल, सहसचिवमा केदार गजुरेल रहेका छन् ।

सदस्यसहित १५ जनाको कार्यसमिति गठन गरिएको नगरसमितिमा कार्यक्रमको शुभारम्भ पूर्वमन्त्री भीमसेनदास प्रधानले गरेका थिए ।

शुभारम्भ गर्दै गर्दा नेता प्रधानले स्व गिरिजाबाबुले खेलेको भूमिका महत्वपूर्ण भएको भन्दै उनले भने, ‘कांग्रेसको इतिहासभन्दा श्रमिक आन्दोलनको इतिहास पुरानो छ, विराटनगर जुटमिलमा भएको आन्दोलनमा गिरिजाबाबुको महत्वपूर्ण योगदान रहेको थियो ।

तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले सङ्गठित तथा असङ्गठित क्षेत्रका साझा समस्यालाई समाधान गर्न नेपाल ट्रेड युनियन कांग्रेसले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर