कात्तिक ४ गतेबाट रिलिज हुने तयारीमा रहेको चलचित्र ‘२ नम्बरी’को विदेश बिक्री सुरु — OSNepal

कात्तिक ४ गतेबाट रिलिज हुने तयारीमा रहेको चलचित्र ‘२ नम्बरी’को विदेश बिक्री सुरु

LC (KTM) July 03, 2022 0

काठमाडौं, १९ असार:

आगामी ४ कात्तिकबाट रिलिज हुने नेपाली फिल्म ‘२ नम्बरी’को विदेश बिक्री सुरु भएको छ । फिल्मका प्रस्तुतकर्ता किरण नेपालीका अनुसार फस्टलुक सार्वजनिक भएसँगै विभिन्न देशमा फिल्म बिक्री भइसकेको छ ।

उनले फिल्म ४ कात्तिकमा दक्षिण कोरिया, दुबई, कतार, कुवेत, साउदी अरब, बहराइन, जोर्डनलगायतका देशमा रिलिज हुने बताए । फिल्मलाई निप फिल्मस्का लागि रमेश ढकालले किनेका हुन् ।

अन्य देशमा पनि फिल्मको लागि कुरा भइरहेको किरणले जानकारी दिए । दुई साथीको मित्रताको कथामा बनेको यो फिल्ममा दीपेन्द्र लामाको निर्देशन छ । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासनासिंह ठकुरी, उगेन छोदेनलगायतका कलाकारको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर