काठमाडौं १९ असार । नेकपा एमालेका नेता विष्णु पौडेलले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रमाथि टिप्पणी गरेका छन् ।
महाधिवेशन भएको छ महिना बित्दासम्म पनि कांग्रेसले आफ्ना विभागहरु गठन गर्न नसक्नु माओवादीले पदाधिकारी बनाउन नसक्नु दुर्भाग्य भएको बताएका उनले यस्ता का हातमा देशको वागडोर पुगेको भन्दै आलोचना समेत गरेका छन् ।
सामाजिक सञ्जाल मार्फत नेता रिजालले लेखेका छन् , ‘आफ्नै पार्टी व्यवस्थित गर्न नसक्नेहरुले देश कसरी व्यवस्थित बनाउन सक्छन् ! देश र जनताको दुर्भाग्य- परमादेशबाट यस्ताका हातमा देशको वागडोर पुगेको छ’
‘महाधिवेशन भएको छ महिना बित्दासम्म कांग्रेसले आफ्ना विभागहरु गठन गर्न सकेको छैन । माओवादीले पदाधिकारी बनाउन सकेको छैन। आफ्नै पार्टी व्यवस्थित गर्न नसक्नेहरुले देश कसरी व्यवस्थित बनाउन सक्छन् ? देश र जनताको दुर्भाग्य- परमादेशबाट यस्ताका हातमा देशको वागडोर पुगेको छ’