काठमाडौँ :
नेता रञ्जु दर्शनाले आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दिने बताएकी छन्। विवेकशील साझा पार्टी छाडेर स्वतन्त्र भएकी उनले
नम्बर ५ बाट चुनाव लड्ने बताएकी हुन् ।सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले चुनाव लड्ने कुरा आधिकारिक रूपमा जानकारी गराएकी हुन्।
उनले लेखेकी छन् तपाईंहरूले विभिन्न माध्यमबाट आउने संघीय निर्वाचनमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नुभएको छ’, शनिबार राति उनले फेसबुकमा लेखेकी छन्, ‘आज आधिकारिक रूपमा आउने निर्वाचनमा काठमाडौं क्षेत्र नं। ५ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनका लागि प्रतिस्पर्धामा उत्रने कुरा यहाँहरूसमक्ष बाँड्न पाउँदा हर्षित छु।’
जसपा अध्यक्ष डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई पनि क्षेत्र नं. ५ बाट चुनाव लड्ने तयारीमा छिन् । २०७४ को स्थानीय तह निर्वाचनमा काठमाडौं क्षेत्रनम्बर ५ बाट नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल विजयी भएका थिए ।