काठमाडौं १८ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक क्षेत्रले विश्वविद्यालयहरूलाई सही रूपमा सञ्चालनका लागि राजनीति गर्नुपर्ने बताएका छन् ।
शनिबार नेपाल प्रगतिशील प्राध्यापक संगठनद्वारा आयोजित ‘शिक्षा ऐन र उच्च शिक्षा नीति स् अवसर र चुनौती’ विषयक विचारगोष्ठीमा सहभागी भएका महासचिव पोखरेलले राजनीतिक पार्टी र भ्रातृ संगठनले विश्वविद्यालयहरूमा तालाबन्दी गर्नु दुर्भाग्यपूर्ण भएको भन्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘हरेक विषयलाई सही रूपमा सञ्चालन गर्ने, मुलुकमा कति र कस्ता जनशक्ति आवश्यक हुन्छ भन्ने राजनीतिक नेतृत्वको सोच र विश्वविद्यालयका नेतृत्वबीचको तादात्म्यता हुन आवश्यक छ ‘ उनले भने ।
राम्रा विश्वविद्यालयमा प्राध्यापकहरूले विद्यार्थीलाई नेतृत्व विकासका लागि मार्गदर्शन गर्नुपर्नेमा पनि महासचिव पोखरेल जोड दिएका छन् । साथै कार्यक्रममा सहभागी प्रा. रमेश भट्टराई र प्रा. डा. विनिल अर्यालले पनि विश्वविद्यालयहरूमा चरम राजनीतिक हस्तक्षेप बताएका छन् ।