पाँच आरोप लगाउँदै वामदेवलाई नयाँ पार्टीबाट निकालियो — OSNepal

पाँच आरोप लगाउँदै वामदेवलाई नयाँ पार्टीबाट निकालियो

LC (KTM) July 02, 2022 0

काठमाडौं १८ असार । नगठित नेनेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम निष्कासित भएका छन् । गौतम पार्टी घोषणा गरेको एक साता नबित्दै पार्टीबाट निष्काशित भएका हुन् ।

अभियानमा आवद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी) र आम नेपाली पार्टीका नेताहरुको बैठकले गौतमलाई शनिबार निष्काशित गरेको हो ।

चार पार्टीले संयुक्त पत्र सार्वजनिक गर्दै गौतमको स्थानमा युवराज सफललाई संयोजकत्वमा ११ सदस्यीय सचिवालय समिति गठन गरेको छ । सदस्यहरुमा कृष्णगोपाल वञ्जरा, मीननाथ देवकोटा, नीलकण्ठ पौडेल, द्वारिका निरौला मानव, गुणबहादुर बञ्जरा, भरत कुमाल, भगवती ढकाल, सरस्वती न्यौपाने, तेजबहादुर कार्की र रोशन लामिछाने छन् ।

सांगठानिक अराजकता, तानाशाही शैली र अराजनीतिक व्यवहार प्रस्तुत गरेको तथा आफूहरूको आडमा शक्ति बनाई त्यसको चरम दुरुपयोग गरेको ,सम्पूर्ण बामपन्थी तथा समाजवादी शक्तिलाई बृहत कम्युनिष्ट एकतामा जोड्ने योजना बमोजिम नेकपा एकता राष्ट्रिय अभियान गठन गरिएको आरोप लगाउँदै गौतमलाई निष्काशित गरिएको जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर