काठमाडौं १८ असार । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालको राजनीतिमा राप्रपा नेपालले जबर्जस्ती हस्तक्षेप बढाउने दाबी गरेका छन् ।
पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष थापाले मालेका पोलिट्ब्युरो सदस्य कुमार श्रेष्ठ सहित केन्द्रीय वीरसिंह तामाङलाई पार्टी प्रवेश गराएका हुन् ।
थापाले मुलुकका भ्रष्टाचार र बेथिति बढेको तथा धर्मपरिवर्तन, बेरोजगारी समस्याले सवकराल रुप लिएको भन्दै ठूला भनिएका दलहरुले मुलुक चलाउन नसक्ने प्रमाणित भएको बताए ।
मुलुकमा राजतन्त्रको पनि सम्भावना नरहेको भन्दै अब जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थामा मुलुकलाई लैजानुपर्नेमा जोड दिएका थापाले पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने तथा केन्द्र र स्थानीय तह मात्र भएको संघीयता आवश्यक भएको औल्याएका छन् ।