६० प्रतिशत भन्दा बढी जनता कृषिमा सहभागी भएको देशमा कसरी ४९ अर्बको चामल आयात भयो : ओली — OSNepal

६० प्रतिशत भन्दा बढी जनता कृषिमा सहभागी भएको देशमा कसरी ४९ अर्बको चामल आयात भयो : ओली

LC (KTM) July 02, 2022 0

काठमाडौं १८ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छोडेपछि कसरी ४९ अर्बको चामल आयात भएको भन्दै प्रश्न गरेका छन् ।

शनिवार अखिल नेपाल किसान महासंघले आयोजना गरेको कार्यक्रमा बोल्दै अध्यक्ष ओलीले ६० प्रतिशत भन्दा बढी जनता कृषिमा सहभागी भएको देशमा कसरी ४९ अर्बको चामल आयात भयो भन्दै प्रश्न गरेका छन् ।

हिमालदेखि तराईसम्म उब्जाउ भूमि रहे पनि जम्मा ३ करोड जनता खाद्यान्नमा आत्मनिर्भर हुन नसक्नु दुःखद रहेको ओलीले बताए ।

नीतिका साथ कृषिको आधुनिकीकरण, व्यवसायीकरण गरेर अघि बढ्न नसक्नु मुख्य कारण रहेको भन्दै ओलीले भने , ‘बाहिरको खाद्यान्न आयात वृद्धिका लागि हो कि खाद्यान्नमा आत्मनिर्भर हुन नदिनका लागि हो कि वा छुद्र कमिसनको खेलका लागि हो कि ?’

वर्षायाममा मल चाहिन्छ भन्ने कुरा थाहा भएपछि ६ महिना अघि नै किन तयारी नगरेको भन्दै प्रश्न गरेका ओलीले संसद्‍मा प्रधानमन्त्री शेरबहादुर देउवाले मलको अभाव नहुने बताए पनि मल नल्याएर झुक्याउने काम गरेको आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर