काठमाडौं १८ असार । नेकपा एकीकृत समाजवादीको तर्फबाट मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डेले तत्काल राजीनामा नदिने भएका छन् ।
आज बसेको प्रदेश सभाको बैठकमा दलका उपनेता कृष्ण खनालले केन्द्रीय गठबन्धनले जे गर्छ प्रदेशमा त्यही लागु हुने भन्दै आफुहरुले यहाँ छोडदा कहाँ पाउने त्यो पनि एउटा विषय हुन आउने भन्दै उनले पाण्डलेले तत्काल राजीनामा नदिने बताएका छन् ।
उनले भने,’तलको हल्लाले केही तुक राख्दैन । तलका कुराको अर्थ छैन । सबै प्रदेशका सरकार केन्द्रीय गठबन्धनबाटै बनेको हुनाले जे गर्छ केन्द्रबाटै गर्छ । अहिले हस्ताक्षर गरेका आधारमा मुख्यमन्त्रीले राजीनामा दिने प्रश्न उठ्दैन । केन्द्रबाट जे निर्णय आउँछ त्यही अनुसार हुन्छ ।’
साथै, बैठकले कांग्रेस र माओवादीबाट भएको हस्ताक्षरको बारेमा गठबन्धनको शीर्ष नेतृत्वले नै टुंग्याउनुपर्ने निष्कर्ष निकालेको छ ।