काठमाडौं १८ असार । प्रधानमन्त्री शेरबहादुर देउवासहितका सत्तारुढ दलका शिर्ष नेताहरु निमार्णाधीन निगगढ अन्तर्र्राष्ट्रिय विमानस्थल निरीक्षणका लागि बारा पुगेका छन् ।
देउवासहित सत्ता गठबन्धनका नेताहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव र साथमा खानेपानी मन्त्री उमाकान्त चौधरी पनि शनिबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत निजगढ पुगेका हुन् ।
सर्वोच्च अदालतले बुधबार काम रोक्नु भन्ने आफ्नो विगतको फैसलाको पूर्णपाठमा केही सच्याँदै वातावरणीय प्रभाव अध्ययन मूल्याङ्कन ९इआईए० गरी कामभन्दा कम वातावरणीय क्षतिमा विमानस्थल बनाउन आदेश दिएको थियो । अदालतको पूर्णपाठले निजगढमा विमानस्थल बनाउन बाटो खुला गरेको छ