प्रचण्डमाथि बाँस्कोटाको व्यंग्यात्मक टिप्पणी : माओका जेठा छोराको बलिदान सम्झेर कोही–कोही भक्कानिँदै रहेछन् — OSNepal

प्रचण्डमाथि बाँस्कोटाको व्यंग्यात्मक टिप्पणी : माओका जेठा छोराको बलिदान सम्झेर कोही–कोही भक्कानिँदै रहेछन्

LC (KTM) July 02, 2022 0

काठमाडौं १८ असार । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि व्यंग्यात्मक टिप्पणी गरेका छन् ।

शुक्रबार स्वर्गीय छोरा प्रकाश दाहालको शालिक अनावरण गर्न नुवाकोटको ककनी पुगेका थिए ।

सोही विषयलाई लिएर नेता बाँस्कोटाले प्रचण्ड परिवारवादमा फसेको भन्दै प्रतिक्रियावादी हर्कत बन्द गर्न समेत भनेका छन् ।

नेता बाँस्कोटाले भनेका छन् , ‘कोरियाली युद्धमा माओका जेठा छोराको बलिदान सम्झेर कोही–कोही भक्कानिँदै रहेछन् । नरुनु त्यसरी पीर पर्दछ । फेरि आफ्नो परिवारको योगदान अवमूल्यन भएकोमा सुप्रिमो नै भक्कानिए भने देश दुर्घटनामा पर्ला रु वंशवाद पराजित गरेर आएको नेतालाई हेप्न मिल्दैन । प्रतिक्रियावादी हर्कत बन्द गर ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर