काठमाडौं । नेपाली सुपरमोडल अञ्जली लामाले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजसँग हलिउड फिल्ममा अभिनय गर्ने भएकी छन् । इटाली र अमेरिकी कम्पनीको संयुक्त निर्माणमा बनिरहेको फिल्ममा लामाले ज्याकलिनसँग अभिनय गर्ने भएकी हुन् । ‘टेल इट लाइक अ वुमन’ फिल्मको सुटिगं सेटमा सेटबाट प्राप्त तस्बिरमा ज्याकलिन र अञ्जलीलाई देख्न सकिन्छ ।
आइएमडीबीले पनि प्रमुख कास्टमा लामाको नाम उल्लेख गरेको छ ।तस्वीरमा निर्देशक सिल्भिया कार्बियो, अञ्जली र ज्याकलिनलाई देख्न सकिन्छ । यो फिल्ममा हलिउड फिल्म ‘सुसाइड स्क्वाइड’ अभिनेत्री क्यारा डेलभाइन, मार्सिया गे हार्डेनसहित एकदर्जन विश्वचर्चित कलाकारहरुको अभिनय रहने बताइएको छ ।
न्यूयोर्क फेसन विकमा प्रबल गुरुङको डिजाइनमा र्याम्प नाप्ने अवसर पाएकी अञ्जलीले कलिनसँग स्क्रिन सेयर गर्न पाएकोमा खुशी लागेको बताएकी छन् ।