लुकाई ल्याएको ५४ क्युफिट काठ सहित २ जना पक्राउ — OSNepal

लुकाई ल्याएको ५४ क्युफिट काठ सहित २ जना पक्राउ

LC (KTM) June 17, 2021 0

मकवानपुर ३ असार-हेटौंडा उपमहानगरपालिका-११ तिनताप्केस्थित सडकबाट प्रदेश ३-०३-००१ ख ०१३२ नम्बरको मिनिटाटा गाडीमा लुकाई ल्याएको ५४ क्युफिट अबैध सालको काठ सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गाडी चालक हेटौंडा उपमहानगरपालिका-११ स्मारक बस्ने २३ वर्षीय सुखराम रुम्बा र सोही उपमहानगरपालिका-१३ बस्ने २४ वर्षीय दिपेश लामा रहेका छन् ।

बसामाडीबाट पदमपोखरीतर्फ जाँदै गरेको उक्त गाडीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्दा गाडीमा लुकाई ल्याएको उक्त काठ फेला पारी गाडीका चालक सुखराम र सो काठ ओसार-पसारमा संलग्न सोही गाडीको पछाडि ना.५२ प ८८०९ नम्बरको मोटरसाइकलमा आएका दिपेशलाई उक्त काठ, गाडी र मोटरसाइकल सहित पक्राउ गरेको हो ।उनीहरुलाई आवश्‍यक कारवाहीको लागि डिभिजन वन कार्यालय राप्ती मनहरी पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर