कंगनाको पासर्पाेट नबीकरण काण्ड : आमिर खानलाई पनि घसेटिन यसरी — OSNepal

कंगनाको पासर्पाेट नबीकरण काण्ड : आमिर खानलाई पनि घसेटिन यसरी

LC (KTM) June 17, 2021 0

बलिउड अभिनेत्री कंगना रनावत एकदमै खरो र प्रष्ट बक्ताको रुपमा चिनिन्छीन् । उनको यही स्वभावका कारण आफै अफ्ठ्यारोमा पर्ने गरेकी छिन् । पछिल्लो समय उनी निकै बिबादमा तानिन थालेकी छिन् ।

अहिले उनी पासपोर्ट नबीकरणको बिषयलाई लिएर एकदमै हैरान भएकी छिन् । उनले पासर्पाेट नबिकरण बिभागले नबीकरण नगरेपछि कोर्ट पुगेकी थिईन् । उनको नवीकरण अपिलको ‘केस’लाई मुम्बई उच्च अदालतले जुन २५ सम्मका लागि स्थगित गरेको निर्णय सुनाए संगै कंगना झन् तातिएकी छिन् ।

उनले अब आफ्नो पासर्पाेटको केसमा बलिउड अभिनेता आमिर खानलाई समेत घसेटेकी छिन् । उनले यस मुद्दामा अभिनेता आमिर खानलाई घसेट्दै मुम्बई सरकारले आफूलाई निसानामा पारेको जिकिर गरेकी छिन् । इन्स्टाग्राममा स्क्रिनसट सेयर गर्दै कंगनाले आमिरलाई पनि आफ्नो जस्तै केशमा केही पनि नगरेको भन्दै आक्रोश पोखेकी हुन् ।

कंगना आफ्नो इन्ष्टामा लेख्छिन् “ बीजेपी सरकार कृपया ध्यान दिनुहोस् ,भारतलाई अहिष्णु भनेको कुराको आमिर खानले विरोध गर्दा कसैले पनि उनको पासपोर्ट रोकेर चलचित्रको छायांकन रोक्न खोजेनन् । कुनै पनि पक्षबाट आमिरलाई टर्चर दिइएन् ।” उनले आफुलाई मात्र निशाना बनाएको र आफु बिरुद्ध एफ आइ आर दर्ता भएकै कारण नबीकरण रोकीनु गलत भएको दाबी गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर