आज पनि घट्यो सुनको मूल्य — OSNepal

आज पनि घट्यो सुनको मूल्य

LC (KTM) July 01, 2022 0

काठमाडौं, १७ असार:

सुनको भाउ शुक्रबार ३०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर ९७ हजार २०० रुपैयाँ कायम भएको छ ।

यसअघि, बिहीबार छापावाल सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी शुक्रबार तेजावी सुनको मूल्य तोलाको ९६ हजार ७०० रुपैयाँ निर्धारण भएको छ ।

यता, शुक्ररबार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर एक हजार २१० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला एक हजार २३५ रुपैयाँ कायम रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर