सिन्धुपाल्चोकमा बाढीले बगाउँदा दुई चिनियाँ र एक भारतीय नागरिकको मृ त्यु,१३ जना अझै बेपत्ता — OSNepal

सिन्धुपाल्चोकमा बाढीले बगाउँदा दुई चिनियाँ र एक भारतीय नागरिकको मृ त्यु,१३ जना अझै बेपत्ता

LC (KTM) June 17, 2021 0

सिन्धुपाल्चोक, ३ असार- सिन्धुपाल्चोकको उत्तरपश्चिम गाउँ हेलम्बु र भोताङको शीरबाट बगेका दुई छुट्टाछुट्टै नदीबाट आएको बाढीले बगाउँदा तीन विदेशीको मृ त्यु भएको छ । हेलम्बुबाट बग्ने मेलम्ची खोला र भोताङबाट बग्ने इन्द्रावती खोलामा आएको बाढीले बगाउँदा दुई चिनियाँ र एक भारतीय नागरिकको मृत्यु भएको पुष्टि भएको हो । बाढीले बगाएका १३ जना अझै बेपत्ता छन् ।जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका अनुसार मृ त्यु हुनेमा भारतीय नागरिक कमल लोचन महत्तो, चिनियाँ नागरिक यु चि झु र गोड टियान छियो छन् ।

मेलम्ची खोलामा आएको बाढीमा परेर २० जना बेपत्ता भएको प्रारम्भिक तथ्याङ्क थियो । पछि चार जना सम्पर्कमा आएका थिए । हाल १३ जना बेपत्ता भएको जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एव प्रमुख जिल्ला अधिकारी अरुणप्रसाद पोखरेलले जानकारी दिनुभयो ।बाढीमा फसेका ७४ जनाको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर