सर्वाधिक हिट क्यारेक्टर ‘भष्मे डन’ चलचित्र ‘पशुपति प्रसाद २' मा अभिनय नगर्ने — OSNepal

सर्वाधिक हिट क्यारेक्टर ‘भष्मे डन’ चलचित्र ‘पशुपति प्रसाद २’ मा अभिनय नगर्ने

LC (KTM) July 01, 2022 0

काठमाडौ:

अहिलेका युवा पुस्ता माझ चर्चित निर्देशक दीपेन्द्र के खानालको निर्देशनमा चलचित्र ‘पशुपति प्रसाद २’ निर्माण हुने भएको छ । यस चलचित्रको कथा लेखनको काम तिब्र गतिमा भईरहेको छ । निर्देशनमा एकदमै ब्यस्त रहेका निर्देशक खनालको चलचित्र ‘चिसो मान्छे’ अहिले हलमा चलिरहेको छ भने चलचित्र ‘के घर के डेरा’को काम पनि अगाडि बढिरहेको छ । यो चलचित्रको छायांकन सकाए पछि दीपेन्द्र ‘पशुपति प्रसाद २’को काममा अगाडि बढ्ने बताइएको छ ।

तर फ्यानहरुका लागि एउटा दुःखको खबर बाहिर आएको छ । चलचित्र ‘पशुपति प्रसाद’मा सर्वाधिक हिट भएको क्यारेक्टर ‘भष्मे डन’ दोश्रो सिरिजमा भने नहुने भएका छन् । निर्देशक खनालले भने दोश्रो सिरिजमा ‘भष्मे डन’को क्यारेक्टर नहुन सक्ने संकेत गरेका छन् । नायक विपिन कार्कीले चलचित्रको दोश्रो सिरिजमा काम नगर्ने संकेत दिएको वुझिएको छ । यसैले, यसपटक दीपेन्द्र फरक कथा बुन्ने तयारीमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर