रियालिटी शो बिग बोस अब एक नयाँ सीजनका लागि तयार भएको छ । अहिले सम्म यस शो को १४ सिजन सम्पन्न भईसकेको छ । १५ औ सिजनको तयारी भईरहेको छ । यस शो को निर्माण पक्षले धेरै पपुलर अनुहार संग बातचित गरिरहेको बताईएको छ । अब यो शो संग जोडिएको अर्काे एउटा नयाँ खबर बाहिर आएको छ ।
बिग बोसको सिजन १५ लगभग ६ महिना सम्म चल्न सक्ने बताइएको छ । ओटीटीको मागलाई मध्यनजर गर्दै निर्माण पक्षले पहिलो बुटमा १२ प्रतियोगीहरुको साथ शो लन्च हुनसक्ने बताइएको छ । जसमा ८ कलर्स टिभिमा प्रशारण हुनु भन्दा अगाडि बाहिर जानेछ ।
तथा बाँकि ४ जना संग नयाँ प्रतियोगी ग्राण्ड प्रिमियर एपीसोडमा शो मा जोडिनेछन् । शो लाई रमाईलो बनाउनका लागि एक नयाँ वाइल्ड कार्ड प्रतियोगी घरमा प्रबेश हुनेछ । सबै योजना अनुसार नै भयो भने ६ महिना सम्म शो चल्ने बताइएको छ । यसअघिको सिजन १३ मा सिद्धार्थ शुक्ला, सिजन १४ मा रुबीना दिलैक उपाधी जित्न सफल भएका थिए ।