बलिउडकी दिग्गज अदाकारा नीना गूप्ता अहिले निक्कै चर्चामा रहेकी छिन् । उनको अटोबायोग्राफि सच कहु तो सब से रिलीज भएको छ । यस संगै उनका जिन्दगीका अनेकन राजहरु खोलीएको छ ।
आफ्नो ब्यक्तिगत जिवन तथा प्रोफेशन जिवन संग जोडिएका सबै सेक्रेट नीनाले आफ्नो बायोग्राफिम शेयर गरेकी छिन् । उनले चोली के पीछे बोलको गितका लागि डिरेक्टर सुभाष घई संग जोडिएको एक रमाईलो किस्सा बताएकी छिन् । सुभाषले बोलेको केही शब्दले उनी लाजले भुतुक्कै भएकी थिईन् । उनलाई फिल्म खलनायकको गित चोलीके पीछे का लागि सुभाषले पैडेड ब्रा लगाउन माग गरेका थिए ।
जब सुभाषले यो गितका बारेमा सबै बताए तब उनी यो गितमा काम गर्ने इच्छा मरेर गएको थियो । तर यो गितमा उनको हिस्साको लागि उनको साथी ईला अरुणले गाएको थियो । सुभाष संग आफुलाई अप्रुवलका लागि पठाईएको थियो ।
उनले नीनालाई देखेर चिच्याउँदै भनेका थिए हुदैन हुदैन केही भरेर पठाउँ । सुभाषले उनको चोलीको कुरा मनपराई रहेका थिएनन् । त्यो दिन शुटिंग नै क्यान्सिल भएको थियो । जब दोस्रो दिन उनलाई सुभाष भएको ठाउँमा पेश गरियो त्यतिबेला उनको ब्रा ह्याभि र ठुलो लागिरहेको थियो ।
अनि नीनालाई हेरेर सुभाषले फाईनल गरेका थिए । उनले सुभाष त्यस्तो निर्देशक जस्लाई जे चाहिएको त्यति ठ्याक्कै माग्ने गरेकै कारण राम्रो निर्देशकको रुपमा चिनिएको पनि बताएकी छिन् ।