काठमाडौं १६ असार । राष्ट्रपति विद्यादेवी भण्डारीबाट चार देशका लागि राजदूतहरु नियुक्त भएका छन् ।
सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपति भण्डारीले राजदूत र स्थायी प्रतिनिधिमा नियुक्त गरेकी थिइन् ।
शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति भण्डारीले कतारका लागि नेपाली राजदूत डा.नरेशविक्रम ढकाल, जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठलाई नियुक्त गरेकी छन् ।
त्यसैगरी, अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल र इजरायलका लागि नेपाली राजदूत कान्ता रिजाल नियुक्त भएका छन् ।
सपथ समारोहमा परराष्ट्रमन्त्री डा।नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।