पाकिस्तानी एक्ट्रेस तथा टेलिभिजन प्रस्तोता मीरालाई नचिन्ने कमै रहेका छन् । बलिउडको कैयौ फिल्ममा समेत उनले काम गरिसकेकी छिन् । यसका अलवा उनको फनी अंग्रेजी भिडीयो समेत सामाजिक सञ्जालमा खुब देख्न पाईन्छ ।
यी ४४ बर्षिया मीरालाई ज्यान मार्ने धम्कि आएको उनले आफै खुलासा गरेकी छिन् । साथै उनले लाहौरमा रहेको आफ्नो घरमा मंगलबार आक्रमण भएको बताएकी छिन् । मीराका अनुसार यो सबै उनको आफ्नो सम्पत्ति हडप्ने षडयन्त्र अनुसार भईरहेको छ ।
डेली जंग रिर्पाेटका अनुसार मीराले पाकिस्तान सरकार संग आफ्नो तथा परिवारको अन्य सदस्यको सुरक्षा उपलब्ध गराईदिन माग समेत गरेकी छिन् । उनले सामाजिक सञ्जालमा एक भिडीयो शेयर गर्दै गुण्डाले घरमा आक्रमण गरेको र परिवारका अन्य सदस्यलाई समेत आतंकित बनाएको बताएकी छिन् । उनले दिनदहाडै बन्दुकधारी आफ्नो घरमा छिरेर भाई, आमा लगायतलाई पिट्ने गरेको दाबी गरेकी छिन् ।