काठमाडौं १६ असार । नेपाली कांग्रेसका नेता डा . शेखर कोइराला पक्षको भेला सुरु भएको छ ।
भेला बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसिरहेको छ । भेलामा कोइरालासहित पार्टी महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार, कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू, डा। चन्द्र भण्डारी, बलबहादुर केसी, जगदीशनरसिंह केसी, डा। रामशरण महत, सञ्जय गौतमलगायत नेताहरुको सहभागिता रहेको छ ।
आज यो भेलामा सभापति शेरबहादुर देउवालाई दबाव दिने विषयमा रणनीति बनाउन बसेको हो । पार्टीको महाधिवेशन भएको
६ महिनाभित्र केन्द्रीय विभाग गठन भइसक्नु पर्ने विधान व्यवस्था भएपनि देउवाले विधानमा उल्लेख भएका २८ वटा विभाग गठन गरेका छैनन् । देउवाको कार्य शैलीप्रति असन्तुष्टि जनाउँदै कोइरालाले आज भेला राखेका हुन् ।