काठमाडौं १६ असार । बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तन गर्ने तयारी सुरु भएको छ । आज बिहिबार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई हटाउन हस्ताक्षर संकलन सुरु गरेका हुन् ।
सत्तारुढ गठबन्धनको बलमा मुख्यमन्त्री बनेका नेकपा एकीकृत समाजवादीका नेता हटाउन गठबन्धनकै दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले हस्ताक्षर संकलन थालेका हुन् ।
पूर्व सहमति अनुसार पाण्डे मुख्यमन्त्री बन्दा एकीकृत समाजवादी र कांग्रेसले आधा–आधा कार्यकाल सरकार चलाउने सहमति भएको थियो ।
तर सहमति अनुसार मुख्यमन्त्री पाण्डेले कांग्रेसलाई मुख्यमन्त्री हस्तान्तरण गर्नुपर्नेमा सहमति कार्यान्वयन नगरेपछि उनीविरुद्ध हस्ताक्षर संकलन हुन थालेको हो ।