काठमाडौं १६ असार । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निरंकुश सत्ता चलाउनेका लागि संसद जहिले पनि आँखाको कसिंगर बन्ने गरेको बताएका छन् ।
संसद दिवसको अवसरमा बिहिबार संसद भवनमा पूर्व सांसद मञ्चले आयोजना गरेको कार्यक्रममा पौडेलले यस्तो बताएका हुन् । ‘जनताको आवाजलाई मुखरित गर्ने संसद निरंकुश सत्ता चलाउन चाहनेका लागि जहिले पनि आँखाको कसिंगर बन्ने गरेको छ । हुकुमी शासन चलाउनेलाई संसद मन पर्दैन,’ उनले भने ।
संसद विघटन गरेर शासन सत्ता चाहने तानाशाह भएको बताएका उनले अघि भने, ‘पूरै होस् या आंशिक भंग गर्ने । जोसुकैले गरेको भए पनि अधिनायकवादी प्रवृत्तिको द्योतक हो । जसले धेरै समयका लागि भंग गर्यो, त्यो धेरै तानाशाह हो ।’
साथै, उनले किसानलाई मल दिन नसकेको भन्दै सरकारको आलोचना गरेका उनले नीतिगत भ्रष्टाचारका कारण किसानले मल नपाएको बताए ।