काठमाडौं १६ असार । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई तिहाईको सरकारलाई माछो माछो भ्यागुतो बनाइदिएको बताएका छन् ।
६४औं संसद सेवा दिवसका अवसरमा पूर्वसांसद मञ्चले बिहिबार संसद भवनमा आयोजना गरेकोकार्यक्रममा नेता खनालले यस्तो टिप्पणी गरेका हुन् ।
ओलीले पटकपटक संसद विघटन गरेर जनमतको खिलाफमा उभिएको आरोप लगाएका खनालले संसदमा जनताको कुरा राख्न समेत नपाएको बताए ।
‘दुई तिहाईको नेकपाकोकार बनेपछि भूमिसुधार नीति लागू होला, कृषि क्रान्ति होला, उद्योगहरू स्थापना होला भन्दा माछोमाछो भ्यागुतो भयो’ उनले भने ।