काठमाडौं १६ असार । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेपाल आयल निगम व्यापारीलाई दिन खोजेको भन्दै सरकारको आलोचना गरेका छन् । बिहिबार ६४ औ संसद सेवा दिवसका अवसरमा संसद भवनमा आयोजित कार्यक्रममा नेता पौडेलले यस्तो आलोचना गरेका हुन् ।
‘फेरि पनि सुन्दै छु, आयल निगम व्यापारीलाई दिने रे । यो चलखेल हो, यहाँ करोडको कुरा छैन अरबका कुरा छन ।’ उनले भने ।
किसानलाई मल दिन नसकेको भन्दै सरकारको आलोचना गरेका उनले नीतिगत भ्रष्टाचारका कारण किसानले मल नपाएको बताए । ‘खेती गर्ने बेला छ, मलको हाहाकार छ,यो सबै नीतिगत भ्रष्टाचारले भएको हो ।’ पौडेलले भने
।