काठमाडौं १६ असार । नेकपा एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)का लागि भएका सबै पत्र संसदमा प्रस्तुत गर्न आग्रह गरेका छन् ।
बिहिबार ६४ औं संसद दिवसको अवसरमा संसद भवन आयोजित कार्यक्रममा नेता नेम्वाङले यो विषयलाई यत्तिकै छाड्न नहुने भन्दै यससँग सम्बन्धित चिठीहरु रक्षा मन्त्रालयमा भएकाले संसदमा प्रस्तुत् गर्न माग गरेका हुन् ।
उनले भने,‘सम्पूर्ण चिठीहरु रक्षा मन्त्रालयमा छ । मेरो आग्रह छ, सबै चिठी खारकखुरुक संसदमा प्रस्तुत गरिदिनुस् न प्रधानमन्त्रीज्यू । जोजो संलग्न छन्, देखिन्छ नि ।’
एसपीपी विषयमा विवाद बढेपछि केपी शर्मा ओली प्रधानमत्री भएको १५ दिनपछि नेपाली सेनाका प्रधानसेनापतिले २०१५ मा अमेरिकी दूतावासलाई देखेको पत्र सार्वजनिक गरिएको बताए ।