काठमाडौं १६ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकलाई विकासशील बनाउने दायित्व सबैको भएको बताएका छन् ।
बिहिबार ६४ औं संसद दिवसको अवसरमा संसद भवनको ल्होत्से हलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मुलुकलाई समृद्ध बनाउने अभियानमा आफुहरु रहेको भन्दै सबैको यो अभियान सफल बनाउनु दायित्व भएको बताएका हुन् ।
‘अहिले हामी संघीय लोकतान्त्रिक गणतान्त्रिक संसदीय व्यवस्था मार्फत मुलुकलाई समृद्ध बनाउने अभियानमा छौं । मुलुकलाई विकासशील बनाउने हामी सबैको दायित्व हो’सम्बोधनमा देउवाले भने ।
६४ औं संसद दिवस मनाउन पाउनु खुसीको विषयमा भएको बताएका देउवाले जननिर्वाचित शासन व्यवस्थामा संसदीय व्यवस्था महत्वपूर्ण भएको बताए ।