काठमाडौं १६ असार । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संसद राम्रोसँग चल्न र काम गर्न नपाउँदा गैरदलीय प्रवृत्ति बढ्ने बताएका छन् । बिहिबार संसद दिवसको अवसरमा नेता खनालले सनकको भरमा संसद विघटन गरेका कारण देशमा गैरदलीय प्रवृत्ति विकास आरोप लगाउँदै यस्तो बताएका हुन् ।
स्थानीय तहको निर्वाचनमा गैरदलीय उम्मेदवारलाई जिताउने काम भयो कि भएन ?’भन्दै प्रश्न गरेका खनालले भने , कहिले काहिं हाम्रा नेताहरूलाई सनक चल्छ र संसद विघटन गरिदिन्छन्, अनि गैरदलीय प्रवृत्ति विकसित हुन्छ’ ।
संसदलाई जनताको र राष्ट्रियताको बहसको थलो बनाउन आवश्यक रहेको औंल्याएका उनले पूर्व प्रशासकहरुले ठीकसँग काम नगरेकै कारण हामीले हाम्रो नक्सा यो हो भनेर अन्तर्राष्ट्रिय समुदायका राख्दा पनि विवाद आएको दावी गरे ।
२०७४ को चुनावपछि बनेको दुई तिहाई बहुमतको सरकारले काम गर्ला भन्ने जनताको अपेक्षा माछा माछा भ्यागुतो भएको उनले टप्पणी गरे ।