आज पनि अमेरिकी डलरको भाउ नयाँ उचाइमा, कमजोर बन्दै नेपाली रुपैयाँ — OSNepal

आज पनि अमेरिकी डलरको भाउ नयाँ उचाइमा, कमजोर बन्दै नेपाली रुपैयाँ

LC (KTM) June 30, 2022 0

काठमाडौं। अमेरिकी डलरको भाउ हालसम्मकै महंगो भएको छ। नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि बिहिबार कायम गरेको विनिमय दरअनुसार प्रतिडलर खरिददर १२६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १२६ रुपैयाँ ६५ पैसा कायम भएको छ।

बुधबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२५ रुपैयाँ ७४ पैसा र बिक्री दर १२६ रुपैयाँ ३४ पैसा कायम गरेको थियो।रुस र युक्रेन युद्धको असरको कारण भारतीय मुद्रा कमजोर भइरहेको छ।

नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेकाले पनि केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुँदै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर