काठमाडौं १६ असार । जनता समाजवादी पार्टी जसपा लगभग फुटको नजिक पुगेको छ । केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव र पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई सहमति नै छुटिन तयार भएसँगै जसपा फुटेको नजिक पुगेको हो ।
बुधबार सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा भएको छलफलमा दुई बिच एक आपसमा कारबाही नगरी सहमतिकै आधारमा सौहार्दपूर्ण तरिकाले छुट्टिन तयार भएका हुन् ।
जसपाका कार्यकारिणी सदस्य युवराज कार्कीले दिएको जानकारी अनुसार पार्टी विवाद समाधानका विषयमा बुधबार भएको छलफलमा भट्टराईले आफूहरूको विचार र सिद्धान्त मिल्ने भए पनि कार्यकर्ताहरू अन्तरघुलित हुन नसकेकाले सहमतिकै बाटोबाट छुट्टिने प्रस्ताव यादवलाई राखेका छन् । यता भट्टराईको प्रस्ताव मान्न यादव तयार भएको उनले बताएका छन् ।
एकले अर्काले गद्दार र विभाजनकारीको आरोप लगाउनुभन्दा भोलिका लागि सहमतिको ढोका खुलै राख्न दुबै अध्यक्ष तयार भएका कार्कीले बताएका छन् ।