काठमाडौं १६ असार । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सवार स्कार्पियो ठूलो दुर्घटनाबाट बचेको छ । बा १९ च १८३९ नम्बरको स्कार्पियो गाडी आज बिहान रामेछापको गोगनेमा सडक किनारबाट तल झर्दा ढुंगाको ओट लागेकाले ठूलो दुर्घटनाबाट जोगिएको हो ।
दुर्घटना पनि उपसभापति गुरुले सामाजिक सञ्जालमार्फत ठुलो दुर्घटनाबाट जोगिएको जानकारी गराएका हुन् ।
‘ठूलो घटना हुनबाट जोगियो !रामेछाप गोगनेमा हामी चढेको गाडी अचानक सडक किनारबाट तल गयो तर अगाडि ढुंगाको ओट लाग्न पुगेकाले ठूलो घटना हुनबाट जोगियो । भगवानको कृपाले हामी सबै सकुशल छौं ।’उनले भनेका छन् ।
स्कार्पियो गुरुङसहित रामेछापका महाधिवेशन प्रतिनिधि रत्न कार्की, ललितपुर जिल्ला सदस्य सानुबाबु महर्जन लगायत पाँच जना सवार रहेका थिए ।