एउटै नम्बरका दुई मोटरसाइकल प्रकरण : वास्तविक मोटरसाइकल धनी सम्पर्कमा आए — OSNepal

एउटै नम्बरका दुई मोटरसाइकल प्रकरण : वास्तविक मोटरसाइकल धनी सम्पर्कमा आए

LC (KTM) June 30, 2022 0

काठमाडौं ।

काठमाडौं स्थित गौशाला चोकको जाममा एकै नम्बरमा दुई मोटरसाइकल फेला परेपछि उक्त मोटरसाइकलका वास्तविक धनी फेला परेका छन् ।

रेनकोट ओढेका दुई व्यक्ति एउटै नम्बर प्लेटका दुई मोटरसाइकलमा बसिरहेको देखिएपछि उक्त तस्विर भाइरल बनेको थियो ।

पानी परिरहेको अवस्थामा बिहिबार बिहान ति दुवै मोटरसाइकल गौशाला चोक रोकिएको तस्विर भाइरल बनेपछि सत्थतथ्य पत्ता लगाउन प्रहरीले समेत पलह थालेका बेला तस्बिरको दायाँपट्टी देखिएका पल्सर मोटरसाइकलवाला सक्कली सवारीधनी भएको तथ्य बाहिरिएको छ ।

सक्कली मोटरसाइकल धनी हाल काठमाडौंको सुविधानगर बस्ने काभ्रेपलाञ्चोकस्थित नमोबुद्ध नगरपालिकाका शिवहरि सत्याल हुन् । सत्यालले सो मोटरसाइकल आफ्नो भएको दाबी गर्दै कागजपत्रसमेत सामाजिक सञ्जालमा राखेका छन् । आफ्नो नम्बरको अर्को मोटरसाइकल भेटिएपछि सत्याल प्रहरीको सम्पर्कमा आएको बताइएको छ ।

बागमती प्रदेश ०२–०२२ प २३८० नम्बरका दुई मोटरसाइकल गौशालाको जाममा रेनकोट ओढीरहेको अवस्थामा देखा परेका थिए ।

दुई सवारीचालक एक–अर्काको नम्बर प्लेट हेर्दै कुराकानी गरिरहेको तस्विरमा देख्न सकिन्छ । ट्राफिक प्रहरीले भने यस विषयमा जहाँ पनि त्यो नम्बर प्लेटका मोटरसाइकल देखिएमा समात्न तीनवटै जिल्लामा निर्देशन दिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर