नायिका नीता ढुंगाना र युवा ज्योतिष तथा नायक हरिहर अधिकारीबीचको प्रेम सम्बन्ध घाम झै छर्लङग् रहेको छ । जुनसुकै सभा समारोह तथा सामाजिक काममा यो जोडी सधै संगै देखिने गरेको छ । अब चाँडै नै यो जोडी बिबाह बन्धनमा बाँधिने भएका छन् । यो जोडीले असार २४ गते बिबाह गर्न लागेको खबर आएको छ ।
फिल्म ‘ह्रस्व दीर्घ’को छायांकन सुरु गर्नु अगाडि नै नीता र हरिहरले घरजम गर्न लागेका हुन् । नीता र हरिहरको बिहे असार २४ गते याक एन्ड यति होटलमा हुँदैछ । असारको २५ वा २६ गते यी दुई जनाले आफ्नो बिहेको पार्टी समेत सोही होटलमा दिनेछन् ।