काठमाडौं १५ असार । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफुसँग सरकारबाट फिर्ता भएका मन्त्री बोल्नै छाडेको बताएका छन् ।
आफ्नो पार्टी ६ महिनाको लागि मात्र सरकार पठाएको हो भनेर प्रेमबहादुर आलेले मात्रे भनेको सुनेको बताएका नेपालले अन्य मन्त्रीले यस्तै भनेको सुन्न चाहेको बताएका छन् ।
अझै पनि मेरा यी कानले सुन्ने गरी, बुझिने गरी पटक–पटक ६ महिनाका लागि हामीलाई पठाएको हो भनेको सुन्न मन त । मलाई मात्र होइन हाम्रो पार्टीलाईसमेत ६ महिनाका लागि मात्रै हामीलाई सरकारका पठाएको हो भनेको सुन्न मन छ ‘ नेपालले भने।
मन्त्रीबाट फिर्ता भएपछि अधिकांश मन्त्री पार्टीको बैठकमासमेत सहभागी नभएको दुखेसो पोखेका नेपालले फिर्ता भएका मन्त्री आफु सँग बोल्नै छाडेको बताएका छन् ।