राता मकैको जन्मदिनको पार्टीमा देखिईन् धड्कनकी नायिका अरुणिमा, भन्छिन्- अमेरिकामा रहदा एक्सन कटलाई मिस गरिरहे — OSNepal

राता मकैको जन्मदिनको पार्टीमा देखिईन् धड्कनकी नायिका अरुणिमा, भन्छिन्- अमेरिकामा रहदा एक्सन कटलाई मिस गरिरहे

LC (KTM) June 29, 2022 0

हाँस्य कलाकार तथा निर्माता किरण केसीले आफ्नो जन्मदिन ललितपुरको इमाडोलस्थित ब्याङ्क्वेटमा भब्यताका साथ मनाएका छन् । उनले बुधबार जन्मदिनको अवसरमा आयोजना गरेको पार्टीमा फिल्म क्षेत्रका कलाकार, संगीतकार तथा उनका नजिकका ईष्टमित्रहरु सहभागि भएका थिए । उक्त पार्टीमा सबैको नजर भने नायिका अरुणिमा लम्साल माथि पर्न गयो ।

उनी ८ बर्ष पछि अमेरिकाबाट फर्किएकी थिईन् । उनी उपस्थित मध्ये बिशेष देखिएकी थिईन् । उनले मिडिया संग कुराकानी गर्दै आफ्नो योजना र अमेरिका बसाईका बारेमा बताईन् । उनले आफ्नो शारिरीक अवस्थालाई गज्जबले मेन्टेन गरिएको प्रष्ट देखिन्थ्यो । उनी अहिले पनि पहिला जत्तिकै क्युट र सुन्दर देखिएकी थिइन् । उनले मिडिया संगको कुराकानीका क्रममा आफु नेपालमा अब २ महिना बस्ने योजना रहेको बताईन् । आफु अमेरिकामा रहँदा नेपाली कलाक्षेत्रलाई एकदमै मिस गरिरहेको बताईन् ।

उनले भनिन् -मेरो मन मष्तिष्कमा अझै पनि एक्सन कट नै गुन्जिरहेको हुन्छ । उनले आफ्नो सुन्दरता बारे पत्रकारले प्रश्न गर्दा ठट्टा गर्दै सञ्जिवनी बुटीले सुन्दरता निखारिएको बताएकी थिईन् । सोही अवसरमा उनले आफ्नो नेपाल बस्दा त्यस्तो ठुलो योजना केही नभए पनि साथीभाई इष्टमित्र संग भेटघाटमै ब्यस्त रहने बताईन् । उनले अभिनय गरेको नेपाली चलचित्र धड्कन एकदमै हिट भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर