काठमाडौं १५ असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले केरुङ– काठमाडौं रेल निर्माण गर्नै नसक्ने दावी गरेका छन् ।
जनतालाई झुक्याउन नहुने भन्दै रेल ल्याउन नसक्ने विषयमा सत्य बताइदिनुपर्ने बताएका महामन्त्री शर्माले ्भारत र चीनलाई रेलमार्गको बाटो लिजमा दिने वा उपहार प्रोजेक्टका रुपमा लगानी गर्न आग्रह गरिनुपर्ने बताएका छन् ।
बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा शर्माले चुनावमा भोट तान्न गरिने आकर्षक घोषणाले विकास सम्भव नहुने भन्दै आन्तरिक पुँजी परिचालन गरेर एकैपटक ठूला आयोजना बनाउन सक्ने अवस्थामा नेपाल नरहेको स्पष्ट पारेका छन् ।
आफू बाचुञ्जेल केरुङबाट काठमाडौं रेल नआउने दावी गरेका उनले एउटै अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन राम्ररी गर्न नसकिएका बेला एकैपटक चार वटा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन थाल्नु पनि अर्को गल्ती भएको तर्क अघि सारेका छन् ।