भक्तपुरमा ३६ जनामा कोरोना संक्रमण पुष्टि — OSNepal

भक्तपुरमा ३६ जनामा कोरोना संक्रमण पुष्टि

LC (KTM) June 17, 2021 0

काठमाडौं-पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्य आज काठमाडौंमा ४१३ भक्तपुरमा ३६ र ललितपुरमा १२१ जनामा भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा अहिले १२ हजार ५१४ सक्रिय सङ्क्रमित रहेका छन् ।मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार काठमाडौंमा ७ हजार १३५, भक्तपुरमा २ हजार ३०८ र ललितपुरमा ३ हजार ७१ जनामा व्यक्तिहरु सक्रिय अवस्थामा छन् । त्यस्तै आज देशभर २६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४८४ जनामा परीक्षण गर्दा २ हजार ६०७ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको संख्या ६ लाख १५ हजार ९८४ ९पीसीआर० र २४ हजार ५६ (एन्टिजेन विधिबाट) पुगेको छ ।

त्यस्तै सोही अबधीमा यस्तै २ हजार १४१ जना निको भएका छन् । यो सँगै निको हुनेको संख्या ४ लाख ४५ हजार बढी रहेको छ । सोही अवधिमा ३९ जनाले ज्यान गुमाएका छन् । हाल सम्म ज्यान गुमाउनेको कुल संख्या ८ हजार ५९७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर