असार सात पछि जोरविजोर प्रणाली लागु ,समय तोकेरे पसल खोल्न दिने — OSNepal

असार सात पछि जोरविजोर प्रणाली लागु ,समय तोकेरे पसल खोल्न दिने

LC (KTM) June 17, 2021 0

काठमाडौँ ३ असार । कोरोनाका लामो समय देखि जारी निषेधाज्ञाको स्वरुप परिवर्तन गर्दै निषेधाज्ञालाई खुकुलो बनाइने भएको छ । हिजो बुधबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले निषेधाज्ञाको स्वरुप परिवर्तन गर्ने निणर्य गरेको हो ।

सीसीएमसीका कार्यकारी निर्देशक बालानन्द शर्माले दिएको जानकारी अनुसार असार ७ गतेसम्मको कोरोना संक्रमणको अवस्था अध्ययन गरेर मात्र थप निणर्य गर्ने जनाइएको छ । शर्माको अनुसार एक सातामा दुई दिन बिदा हुने गरी निजी र सार्वजनिक सवारी–साधनमा जोर–बिजोर लागु गरिने भएको छ । सरकारी तथा अन्य केहि समिति कार्यालय मात्र खुलाउने निणर्य भएको छ । असार ७ गते पछि पनि निषेधाज्ञालाई जारी राखि समय तोक्दै विभिन्न क्षेत्र खुलाइने भएको छ ।

शर्माले भने, “यसका लागि समय तोकिनेछ । खाद्यान्न पसललाई ९ बजेसम्म खोल्न दिने गरी समय तोकिनेछ । कपडा पसल, इलेक्ट्रोनिक पसल १० देखि १२ बजेसम्म खोल्ने समय मिलाइनेछ । त्यस्तै, हार्डवेयर पसल १ देखि ४ बजेसम्म खोल्न दिइने समय तालिका बनाइनेछ । विकास निर्माण क्षेत्र र अत्यावश्यक उद्योग स्वास्थ्य मापदण्ड पालना गरी खोल्न दिइनेछ ।”

बुधबार बालुवाटारमा बसेको सीसीएमसीको बैठकले निषेधाज्ञालाई ‘स्मार्ट लकडाउन’मा परिणत गर्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर