मनाङमा नेपाली सेनाको हेलिकप्टरबाट ३५ जनाको उद्धार, उद्धार कार्य जारी — OSNepal

मनाङमा नेपाली सेनाको हेलिकप्टरबाट ३५ जनाको उद्धार, उद्धार कार्य जारी

LC (KTM) June 17, 2021 0

काठमाडौं-नेपाली सेनाको हेलिकप्टरले मनाङबाट ३५ जनाको उद्धार गरेको छ । बाढी पीडितको उद्धार गर्न राहतसहित पुगेको सेनाको हेलिकप्टर नासों गाउँपालिका–१, सिरानतालमा फसेका २४ जनालाई तालडाँडामा लगेको छ ।

सानों गाउँपालिका–५, थोंचेका ११ जनालाई उद्धार गरी चामेमा लगेको बताइएको छ । विघटित प्रतिनिधिसभा सांसद पोल्देन छोपाङ गुरुङले चामेमा पानीको अभाव भएपछि निजी हेलिकप्टरमार्फत खानेपानी लगिएको बताए । उनका अनुसार ३ दिनदेखि बाढीका कारण फसेकाहरुको उद्धार गरिएको हो ।

त्यस्तै अहिले पनि फू गाउँको लेकमा ७५ जना फसिरहेका छन् । पोल्देन छोपाङले ल्याएको हेलिकप्टरमार्फत् उनीहरु बस्ने ठाउँ पत्ता लगाइएको र उनीहरुको अवस्था बुझेर हेलिकप्टर फर्केको छ ।

यसैगरी   फू गाउँको नामु लेक समुद्री सतहदेखि करीब ५ हजार मिटर उचाइमा हिमालमुनि उनीहरु रहेको र उद्धार गर्नुपर्ने अवस्था रहेको बताइएको छ ।यस्तै, प्रभु हेलिकप्टरले मनाङबाट आफ्ना कर्मचारीलाई उद्धार गरेको छ । त्यस्तै आजै गण्डगी प्रदेशका मूख्य मन्त्रीपनि राहात लिएर मनागं पुगिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर