डुम्रे–बँेसीसहर सडक छेउमा रहेको गाईखुरे झरनामा पर्यटक बढ्दै — OSNepal

डुम्रे–बँेसीसहर सडक छेउमा रहेको गाईखुरे झरनामा पर्यटक बढ्दै

LC (KTM) June 29, 2022 0

लमजुङ, १५ असार -डुम्रे–बँेसीसहर सडक छेउमा रहेको बेँसीसहर नगरपालिका–१ दलालस्थित गाईखुरे झरनामा पर्यटक बढ्न थालेका छन् । केही महिना सुनसान रहेको यस झरनामा पानी बढ्न थालेसँगै एक हप्तायता दैनिक पर्यटक बढ्न थालेका हुन् ।

यहाँ दैनिक १५० देखि २०० सम्म पर्यटक आउने गरेको यस वडाका वडाध्यक्ष दुर्गाबहादुर बुढाथोकीले बताउनुभयो । शुक्रबार, शनिबार र बिदाको समयमा यतिबेला २०० देखि ३०० जनासम्म पर्यटक आउने गरेका उहाँले सुनाउनुभयो । यहाँ बिहान ७ देखि साँझ ७ बजेसम्म पर्यटक आउने उहाँको भनाइ छ । यस झरनामा लमजुङसहित छिमेकी जिल्ला तनहुँ, गोर्खा, कास्की, मनाङ लगायतका ठाउँका पर्यटक आउने गरेको स्थानीयवासी बताउँछन् । यहाँ डुम्रे बेँसीसहर सडक नजिकै रहेकाले यस रुटमा सञ्चालन हुने सवारी साधन यहाँ आइपुग्दा एक छिन भए पनि रोकिएर झरना हेर्दै जाने गरेको पाइन्छ ।

छहरा हेर्दै फुरुङ बनेका पर्यटक कोही धमाधम छहराको फोटो खिच्छन्, त कोही छहरालाई पृष्ठभूमिमा पारेर आफ्नै फोटो र सेल्फी खिच्छन् । अधिकांश पर्यटक झरनाको पानीसँगै रुच्दै पोखरीमा पौडी खेलेर समाउने गर्छन् । करिब ६० मिटर उचाइबाट झरेको पानीको छहरामा लहराउँदै झरेको पानीमा सूर्यको प्रकाशसँगै देखिने इन्द्रेणीले झनै सुन्दरता थपिदिन्छ ।

झरनाको शीतलतासँगै सेल्फी खिच्दा मन चङ्गा जस्तै हुने पर्यटक शर्मिला घिमिरेले बताउनुभयो । असारदेखि असोज महिनासम्म मात्र यस झरनामा पानी झर्ने गर्दछ । झरना वरिपरि व्यवस्थित हुन सकेको छैन । यतिका पर्यटक र क्यानोनिङको सम्भावना बोकेको झरना व्यवस्थित गर्नका लागि बेँसीसहर नगरपालिकाले अन्य सङ्घसंस्थासँग मिलेर झरनालाई थप व्यवस्थित गर्दै पर्यटकको आकर्षणको केन्द्र बनाउने तयारीमा रहेको नगरप्रमुख गुमानसिंह अर्यालले बताउनुभयो । उहाँका अनुसार यस झरनालाई बाह्रै महिना पर्यटकको आकर्षणको केन्द्र बनाउनका लागि तीन वर्षअघि डिपिआरसमेत तयार गरिसकिएको छ ।

नगरपालिकाले रु छ करोड ६९ लाखमा एक निजी कम्पनीलाई सूचीकृत गरिसकेको नगरप्रमुख अर्यालले बताउनुभयो । यस झरनामा मस्र्याङ्दी नदीको पानी तानेर झरनामा पानी निरन्तर झार्ने, झरना तल पोखरी निर्माण गर्ने, पार्किङस्थल बनाउने योजना बनाइएको छ ।

त्यस्तै सो झरनामा क्यानोनिङ तथा ¥याफ्टिङ समेत सञ्चालन गर्ने उहाँको भनाइ छ । चक्रिय अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ रहेकाले यस बाटो हुँदै जाने विदेशी पर्यटकहरुसमेत आकर्षित हुने अपेक्षा नगरपालिकाको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर