काठमाडौं १५ असार । नेकपा एमालेका नेता विष्णु रिजालले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिमाथि आपत्ती जनाएका छन् ।
अध्यक्ष प्रचण्डले एमालेमा माओवादीको बीउ रोपेर आएको अभिव्यक्ति दिएपछि नेता रिजालले सामाजिक सञ्जाल मार्फत उनले प्रचण्डको यो भनाईबाट अब माओवादी पार्टीको कुनै भविष्य नभएको प्रष्ट भएको बताएका छन् ।
‘त्यही भएर उहाँ चुनावमा कहिले एमालेसँग टाँसिनुहुन्छ, कहिले कांग्रेसको साहरा खोज्नुहुन्छ ।’ रिजालले भने ।
एमालेका नेता–कार्यकर्तामाथि आँखा लगाउनु भनेको आफ्ना नेता–कार्यकर्ताबाट पार लाग्न सम्भव छैन भनेरै हो भनेका नेता रिजालले अघि भनेका छन्, ‘हामीले दोस्रो अध्यक्ष भए पनि मानेकै थियौँ, ठूल्ठूला कार्यक्रममा भाषण गर्न पाउनुभएकै थियो । तपाईंलाई कुन बैरीले उचाल्यो र अहिले एमालेका नेता–कार्यकर्ता हेरेर घुटुघुटु थुक निलिरहनुभएको छ?’
उनले भनेका छन् , ‘प्रचण्डका अभिव्यक्तिहरुबाट मैले निकालेको निष्कर्ष हो– माओवादी पार्टीको कुनै भविष्य छैन भन्नेमा उहाँ स्पष्ट हुनुहुन्छ । त्यही भएर उहाँ चुनावमा कहिले एमालेसँग टाँसिनुहुन्छ, कहिले कांग्रेसको साहरा खोज्नुहुन्छ । ‘
‘एमालेका नेता–कार्यकर्तामाथि आँखा लगाउनु भनेको आफ्ना नेता–कार्यकर्ताबाट पार लाग्न सम्भव छैन भनेरै हो । हामीले दोस्रो अध्यक्ष भए पनि मानेकै थियौँ, ठूल्ठूला कार्यक्रममा भाषण गर्न पाउनुभएकै थियो । तपाईंलाई कुन बैरीले उचाल्यो र अहिले एमालेका नेता–कार्यकर्ता हेरेर घुटुघुटु थुक निलिरहनुभएको छ ?’