काठमाडौं १५ असार । काठमाडौं स्थित गौशाला चोकको जाममा एकै नम्बरमा दुई मोटरसाइकल फेला परेका छन् । पानी परिरहेको अवस्थामा बिहिबार बिहान ति दुवै मोटरसाइकल गौशाला चोक रोकिएका हुन् ।
रेनकोट ओढेका दुई व्यक्ति एउटै नम्बर प्लेटका दुई मोटरसाइकलमा बसिरहेका थिए । दुई सवारीचालक एक–अर्काको नम्बर प्लेट हेर्दै कुराकानी गरिरहेको प्रतक्षय दर्शीले बताए ।
तस्विरमा दुबै मोटरसाइकलको नम्बर प्लेटमा बागमती प्रदेश ०२२ प २३८० लेखिएको स्पष्ट देखिन्छ । ट्राफिक प्रहरीले भने यस विषयमा जहाँ पनि त्यो नम्बर प्लेटका मोटरसाइकल देखिएमा समात्न तीनवटै जिल्लामा निर्देशन दिइसकेको बताएको छ ।
यस्तो हुनुको अर्थ या विभागबाटै त्रुटि भएको हुनसक्ने यता दुईमध्ये एक मोटरसाइकल चालकले नक्कली नम्बर प्लेट बनाएको हुन सक्ने प्रहरीले जनाएको छ । यति बेला यो फोटो भाइरल बनेको छ ।