काठमाडौं १५ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी धारका सबै एकीकृत हुन आवश्यक रहेको बताएका छन् ।
बुधबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा विगतमा ‘क्रान्तिका लागि’ भन्दै बाहिरिएका माओवादीका केही साथीहरू अहिले तिनैमध्ये कतिपय साथीहरू फर्किन थालेको भन्दै अब एउटै धारमा आउने आवश्यक रहेको बताएका हुन् ।
‘क्रान्तिको खोजीमा, परिवर्तन र रूपान्तरणका निम्ति भन्दै उहाँहरू मूल नेतृत्वबाट अलग्गिनुभएको थियो । तीतामीठा अनुभवसहित फेरि एउटा नयाँ निष्कर्षसहित फर्किनुभयो’ प्रचण्डले भने ।
आज नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी परित्याग गरेका ओमप्रकाश पुनसहितका नेताहरु आज माओवादी प्रवेश गर्ने भएका छन् ।