आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदै छ कारोबार ? — OSNepal

आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदै छ कारोबार ?

LC (KTM) June 29, 2022 0

काठमाडौं, १५ असार

सुनको भाउ बुधबार १०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन १०० रुपैयाँले वृद्धि भएर प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ३०० रुपैयाँ तोकिएको छ ।

त्यस्तै बुधबार चाँदीको भाउ १५ रुपैयाँले घटेको छ । बुधबार चाँदीको भाउ प्रतितोला एक हजार २४० रुपैयाँ कायम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर